बिना सुचना बिदा बसेपछि राष्ट्रिय च्याम्पियन पिएसपी अधिकारी जागिरबाट निष्कासित !

सिएम, लिस्बन।

अनुचित अनुपस्थितिपछि पिएसपी प्रहरीले एक अधिकारीलाई जागिरबाट निष्कासित गरेको छ।

पिएसपी प्रहरीको राष्ट्रिय निर्देशनालयले ३२ बर्षिया राष्ट्रिय बडीबिल्डिंग च्याम्पियन एक प्रहरी अधिकारीलाई अस्वीकृत बिदा बसेकोमा जागिरबाट निष्कासन गरेको जनाएको छ।

३२ बर्षिया फेबियो कार्नेइरो बडीबिल्डिंगमा राष्ट्रिय च्याम्पियनका साथै कयौ अन्तराष्ट्रिय पुरस्कार बिजेता पनि हुन्।

सन् २०१४ मा बडीबिल्डिंगमा राष्ट्रिय च्याम्पियन बनेपछि पिएसपी प्रहरीमा उनले जागिर शुरु गरेका थिए। उनि पिएसपी प्रहरीको लिस्बनकमाण्डको पहिलो डिभिजनमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार