पोर्चुगल कोरोना: एकैदिन २७ जनाको मृत्यु, संक्रमितको संख्या र मृत्युदरमा निरन्तर वृद्धि

लिस्वन ।

कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा सोमबार मात्रै २७ जनाको मृत्यु भएको छ । यो तथ्यांक दोस्रो लहर सुरु भएयता कै उच्च हो ।

सोमबार मात्रै दुई हजार ४४७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तो संख्या अघिल्लो दिन दुई हजार ५७७ थियो ।

अघिल्लो दिन पोर्चुगलमा १९ जनाको मृत्यु भएको थियो भने दुईदिन अघि २१ जनाको मृत्यु भएको थियो । यो संख्यालाई आधार मान्दा पछिल्ला दिनहरुमा पोर्चुगलमा कोरोना संक्रमित र मृत्युको दर उछालिदो छ ।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै कडा नियम लगाएको छ ।सार्वजनिक स्थानहरुमा मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीको प्रयोगलाई अनिवार्य गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार