पोर्चुगलमा कोरोनाको दोश्रो लहर भयानक बन्दै : संक्रमित र मृत्युदर तेज रफ्तारमा वृद्धि , दिनदिनै नयाँ रेकर्ड ब्रेक

लिस्बन।

युरोपमा कोरोना भाइरसको दोश्रो लहर आएसंगै पोर्चुगलमा पनि दिनहु संक्रमित र मृतकको संख्या वृद्धि भईरहेको छ। मार्च महिनामा कोरोनाको संक्रमित फेला परेयता पोर्चुगल कोरोनाको रोकथाममा युरोपमै सबल देखिएको थियो। कोरोनाको दोश्रो लहर आएसंगै अक्टोबरको शुरुवातीबाट नै दिनहुँजसो संक्रमित र मृत्यु दरमा नयाँ रेकर्ड ब्रेक हुदै आएको छ।

पछिल्लो २४ घण्टामा पोर्चुगलमा ४२२४ संक्रमति फेला परेका छन् भने ३३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन। संक्रमितको यो संख्या पोर्चुगलमा अहिलेसम्मै उच्च हो। यो संगै संक्रमितको कुल संख्या एक लाख ३२ हजार ६१६ पुगेको छ। त्यस्तै हालसम्म २ हजार ४२८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

संक्रमितहरुमध्ये एक हाजर ८३४ को अस्पतालमा उपचार भईरहेको छ। ति मध्ये २६९ को अवस्था चिन्ताजनक रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

पोर्चुगलमा हाल ५४ हजार ४८६ जना कोरोनाक सक्रिय बिरामी रहेका छन्।

पछिल्लो २४ घण्टामा एक हजार ७०१ जना निको भएका छन्। यो संगै हालसम्म रिकभर हुनेको संख्या ७५ हजार पुगेको छ।

कोरोनाको पहिलो लहर भन्दा दोश्रो लहरमा बढी नेपाली संक्रमित :

पोर्चुगलमा कोरोनाको पहिलो लहर भन्दा दोश्रो लहरमा बढी नेपाली संक्रमित भएका खबरहरु बाहिर आएका छन्। कोरोनाको पहिलो छालमा अप्रिल मे महिनातिर करिब एक सयको हाराहारीमा नेपाली संक्रमित भएको तथ्यहरु बाहिरिएको थियो। त्यतिबेला बिशेष गरेर श्रमिक बर्गका नेपालीहरु संक्रमित भएका थिए।

कोरोनाको दोश्रो लहरमा हाई प्रोफाइल नेपालीहरु बढी संक्रमित भएका छन्। २०० भन्दा बढी नेपालीहरु संक्रमित भएको विभिन्न श्रोतहरुबाट समाचार प्राप्त भएता पनि हाई प्रोफाइल नेपालीहरु बढी संक्रमित भएकाले सबै चुपचाप छन् ।

सबै सामुहिक कार्यक्रम स्थगन, बढीमा ५ जना भेला हुन पाउने, मास्कको प्रयोग अनिवार्य :

कोरोनाको दोश्रो लहरमा संक्रमित र मृतकको संख्या वृद्धिमा दिनदिनै नयाँ नयाँ रेकर्डहरु ब्रेक हुन थालेपछि पोर्चुगल सरकारले निकै कडा नियमहरु लागु गरेको छ। भेला हुने सबै कार्यक्रमहरु स्थगन गरिएका छन्। कुनै पनि ठाउमा बढीमा ५ जना मात्रै भेला हुन पाउने कडा नियम बनाईएको छ। व्यवसायिक प्रतिष्ठान तथा रेस्टुरेन्टहरुमा एउटा ग्रुपमा ५ जना भन्दा बढी भेला भएको पाईएमा दश हजार युरोसम्म जरिवाना गरिने नियम लागु गरिएको छ।

त्यस्तै घरबाहिर कुनै पनि सार्वजनिक स्थान र सडकमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। मास्कको अनिवार्य प्रयोग नगर्नेलाई कम्तिमा १०० युरोदेखी बढीमा ५०० युरोसम्म जरिवाना गरिने कडा नियम राष्ट्रपति द्वारा अनुमोदन भएर लागु भईसकेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार