पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृत्युदर अहिलेसम्मकै उच्च : ४० को मृत्यु , ४६५६ संक्रमित

लिस्वन ।

कोरोना महामारीको दोस्रो लहरले पोर्चुगललाई थला पार्दै गरएको छ। दिनदिनै संक्रमित र मृतकको संख्यामा नयाँ उच्च रेकर्डहरु थपिदै गएका छन्। अक्टोबरको शुरुवातीदेखि नै पोर्चुगलमा नयाँ संक्रमित र मृत्यु हुनेको संख्यामा निरन्तर उच्च बृद्धि हुदै गईरहेको छ।

शुक्रबार मात्रै पोर्चुगलमा कोरोना भाइरसका संक्रमणबाट ४० जनाले ज्यान गुमाएका छन्। मृतकको यो संख्या अहिलेसम्मकै उच्च हो ।

त्यस्तै शुक्रबार थप ४,६५६ जनामा कोरोनाको संक्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनलायले जनाएको छ । संक्रमितहरुको यो संख्या पनि अहिलेसम्मकै उच्च हो।

राष्ट्रिय स्वास्थ्य महानिर्देशनलायका अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित र मृत्युको दर निरन्तर उकालो यात्रामा छ । तथ्यांक अनुसार बुधबार र बिहीबार पोर्चुगलमा क्रमशः ३,९६० र ४,२२४ जनामा कोरोना पुष्टि भएको थियो ।

पोर्चुगलमा कोरोनाकै कारण अहिलेसम्म दुई हजार ४६८ जनाले ज्यान गुमाएका छन् । तथ्यांक अनुसार अहिलेसम्म पोर्चुगलमा एक लाख ३७ हजार २७२ मा कोरोना पुष्टि भएकोमा ७७ हजार ४४९ जनाले कोरोना जितेका छन् । अहिले ५७ हजार ३५५ जनामा संक्रमणको गम्भिर असर परेको छ ।

यसैबीच सरकारले नागरिकलाई कोरोनाबाट बच्न र बचाउन घरबाहिर सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने कडा नियम बनाएको छ। सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग नगर्नेलाई सुरक्षा अधिकारीहरुले ठाउँको ठाउँ १०० युरोदेखि ५०० युरोसम्म जरिवाना गर्न सक्नेछन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार