” PCR test is Bullshit ” भन्ने फुटबल स्टार रोनाल्डो १९ दिनको आइसोलेशन र उपचारपछि बल्ल भए कोरोनामुक्त !

लिस्वन ।

विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त भएका छन्।

पाँच पटकका बालोन डे’ओर विजेता पोर्चुगिज फुटबल स्टार रोनाल्डोलाई यसघि दुई पटकसम्म कोरोना भाइरस पोजेटिभ देखिएको थियो। राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण पहिलोपटक दुई साता अगाडी देखिएपछि उनले ४ वटा अन्तराष्ट्रिय खेल खेल्नबाट बन्चित भएका थिए।

कोरोना लागेसँगै ३५ वर्षीय इटालियन क्लब युभेन्ट्सका फरवार्डलाई राष्ट्रिय टिमबाट बिदा गरिएको थियो ।कोरोना पोजेटिभ भएसंगै रोनाल्डोले ४ अन्तराष्ट्रिय खेल खेल्नबाट बन्चित भईसकेका छन्।

कुनै पनि लक्षण नदेखिएता पनि दुईपटकसम्म कोरोना पोजेटिभ देखिएपछि उनले ” PCR test is Bullshit ” भनेर सामाजिक संजालमा लेखेपछि उनको सर्बत्र आलोचन भएको थियो। १९ दिनको आइसोलेशनपछि उनि अन्ततः कोरोनामुक्त भएको उनि सम्बद्ध इटालियन क्लब युभेन्ट्सले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार