हेर्नुहोस् कसरी हुन्छ घुसको बार्गेनिङ, लाईसेन्स लिनेलाई जनावरको झै व्यवहार !
सडक दुर्घटनामा निर्ममतापूर्वक मृत्युवरण गर्न बाध्य नेपालीहरुको पिडा र आवाजमा रविले यसरी राखे हरेक कि नेपाली यो बिषयमा सोच्न बाध्य हुने छन् । सडकलाई मृत्यु कुण्डको रुपमा बिकाश गर्ने यातायात ब्यबसायी , सिकारु चालक र निकम्मा प्रशासनको मिलेमतोमा यात्रुहरुलाई मृत्युको मुखमा पठाउदै आएको छ र यस्तो ब्यबस्था हेर्ने इतिहासदेखि वर्तमानसम्म झण्डा हलाएर शानसंग यातायात मन्त्रि भएकाहरुलाई हरेक नेपालीको श्राप लाग्ने छ ।
राष्ट्रको धमिराहरुलाई नाङ्गो बनाउन सिधाकुरा जनतासंगको प्रमुख उद्देश्य हो जसको लागि रविको टिमलाई जस्तो सुकै दवाब आए पनि देश र जनताको खातिर त्यसलाई सामना गर्ने गरेका छन् ।
सिधाकुरा जनतासंग शुरु भए देखि रविको टिमले आफ्नु बशमा भएको र सकेको सहयोग जो कोहीलाई पनि गर्दै आएको बिदिदै छ । भ्रष्टाचार ,घुसखोरी ,तस्कर ,राजनैतिक माफियाले आक्रान्त बनाएको नेपालमा ‘सिधाकुरा जनतासंग’ले आशाको एउटा दियो बाल्न सफल भएको छ कि गर्न चाहने हो भन्ने यो देशमा धेरै कुरा सम्भव छ तर त्यसको लागि जरुरि छ त देशको माया र देश बनाउने दृढता । कुनै समय न्याय नपाए गोर्खा जानु भन्ने उक्ति अब बदलिएको छ र पिडितहरु भन्न थालेका छन् न्याय नपाए रविको सिधाकुरा जनतासंग जानु ।
यसरी न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आज सम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । नेपाली सेना भित्र हुने भ्रष्टाचार प्रकरण , नेपाल प्रहरी भित्र हुने भ्रष्टाचार प्रकरण , सशस्त्र प्रहरी भित्रको भ्रष्टाचार प्रकरण लगायत ठुल ठुला राष्ट्रिय मुद्धाहरु पनि रविले उठाएका छन् ।
यसै क्रममा आज आम जनताको प्रतक्ष्य सरोकार राख्ने श्रम कार्यलय ताचाहलमा रविको टिमले स्टिंग अपरेसन संचालन गरेको छ जसमा हाकिमदेखि पियुनसम्म मिलेर कसरी यो देशलाई खोक्रो बनाएको छ भन्ने उदाहरण आजको स्टिंग अप्रेशनले प्रमाणित गर्दछ ।
रविको स्टिंग अप्रेशनको प्रभाव कसरी बढिरहेको छ भन्ने थाहा पाउन बालाजु प्रहरीमा केहि हप्ता अघि अख्तियारको टिम सहित गरिएको स्टिंग अप्रेशनको कमाल स्वरूप डिएसपी नै अहिल अख्तियारको हिरासतमा पुगेका छन् ।
१३९ औ भागको बिशेषताहरु
नेपाली बिधुत प्राधिकरणले जनताको थाप्लोमा थोपरेको सेवा सुबिधा शुल्कबारे रविले उठाएपछि अब देखि उक्त शुल्क हटाउने घोषणा नै गरेको छ ।
बलात्कारको प्रयासपछि आँखा नै फुटाएको दिएको एउटा अमानवीय घटना सार्बजनिक भए पछि भोजपुर कि एक बालिकाको पिडालाई आज यसरी प्रस्तुत गरेको छ कि रबि आफै यति भावुक बने झन्डै रुन मात्रै सकेनन । कोहि नहुनेको भगवान हुन्छ भन्ने मान्यता पनि यो केशमा लागु भएन ।
हेर्नुहोस् कसरी हुन्छ घुसको बार्गेनिङ, लाईसेन्स लिनेलाई जनावरको झै व्यवहार !