लिस्बन।
पोर्चुगलमा कोरोनाका बिरामीहरु बढ्दै गएर आइसीयुमा भर्ना हुने संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि सरकारले चीनबाट भेन्टिलेटर किन्यो। चीनबाट आयात गरिएका भेन्टिलेटरले काम नगरेपछि २५३ भेन्टिलेटरहरु त्यसै थन्किएका छन्।
पोर्चुगलले विभिन्न लट गरेर चीनबाट १७. ५ मिलियन युरो बराबरको भेन्टिलेटर खरिद गरेको थियो। प्रत्येक भेन्टिलेटरको मूल्य १८ हजार २ सय युरो रहेको छ। काम नगरेका भेन्टिलेटरमा केही पार्टपुर्जा छुटेकोले ति भेन्टिलेटरहरु काम नगरेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
चीनबाट खरिद गरिएका अन्य ७१३ भेन्टिलेटर परिक्षण गरिसकिएकोले स्वास्थ्य मन्त्रालय मार्फत देशभरका अस्पतालहरुमा वितरण गरिसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा हाल १ हजार ८५५ भेन्टिलेटर छन्।