लिस्बन।
पोर्चुगलमा १५६ जना अग्नी नियन्त्रकलाई कोरोना संक्रमण भएको छ।
आन्तरिक प्रशासन गृह सचिव प्यात्रिसिया ग्यास्परले संसदमा सो जानकारी दिएकी हुन्।
रातदिन नागरिकको सेवामा खट्ने अग्नी नियन्त्रकहरुलाई कोरोना परिक्षण गर्न प्राथमिकता दिनुपर्ने उनले बताईन।
आन्तरिक प्रशासनमन्त्री एदुअर्दो काब्रिताले कोरोना महामारीको समयमा काम गर्ने कर्पोरेशनलाई दैनिक ८५ युरोको थप सहयोग गर्ने
ग्यारेन्टी गरे।