लिस्बन।
पोर्चुगलमा आइतबार ४८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो संख्या अघिल्ला दुई दिनको तुलनामा कमी हो । शुक्रवार र शनिवार क्रमशः ५२ र ५६ जनाको ज्यान गएको थियो ।
कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ संक्रमित र मृत्यु हुनेको संख्या एकसाथ बृद्धि भइरहेको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । आइतबार मात्रै पाँच हजार ७८४ जना नयाँ संक्रमित थपिएका थिए । अघिल्ला दुई दिनमा यस्तो संख्या क्रमशः ५,५५० र छ ६,६४० थियो ।
सरकारले कोरोनाको जोखिम कम गर्नका लागि उच्च प्रभावित क्षेत्रमा कर्फ्यु आदेश गरेको छ । सो अवधिमा घरमै बसेर कोरोनाबाट बच्न आम नागरिकलाई सरकारले अनुरोध गरेको छ ।
पोर्चुगलमा स्वास्थ्य संकटकाल घोषणा : आजवाट कर्फ्यु जारी, नोभेम्बर १४, १५, २१ र २२ तारिख दिउँसो १ बजेदेखि नै कर्फ्यु
पोर्चुगलमा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले देशमा स्वास्थ्य संकटकालको घोषणा गर्दै कडा नियमहरु सहित कर्फ्यु लागु गरेको छ। सरकारले कोरोनाको उच्च जोखिम भएका १२१ नगरपालिकाहरुमा नोभेम्बर ९ तारिख देखि नै कर्फ्यु लगाएको छ।
कोरोनाको उच्च संक्रमण र जोखिम भएका १२१ नगरपालिकाहरुमा राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । तर सप्ताहान्तका दिनहरु नोभेम्बर १४, १५, २१ र २२ तारिख भने दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु जारी गरिएको प्रधानमन्त्री एन्तोनियो कोस्ताले बताएका छन्। सप्ताहान्तका यी चार दिनहरुमा मेडिकल बाहेक सबै सपिङ्ग मल, सुपरमार्केट, पसल र व्यवसाय समेत बन्द रहनेछन्।

प्रधानमन्त्री कोस्ताका अनुसार संक्रमित र मृतकको संख्याका आधारमा हरेक १५/१५ दिनमा नियम परिवर्तन गरिनेछ । ‘सोमबारदेखि शुक्रबारसम्म रातीे ११ बजेदेखि बिहानको ५ बजेसम्म घरबाहिर र सडकमा हिडडुल गर्न प्रतिबन्ध गरिएको छ ।’ उनले भने, ‘महामारीका बेला स्वास्थ्य मापदण्ड अपनाएर घरमै बस्नुहोला ।’
१२१ नगरपालिकाका आम नागरिकलाई कर्फ्यु लगाइए पनि काममा जाने, कामबाट फर्किने, अत्यावश्यकिय र घरपालुवा जनावरलाई घर बाहिर हिँडडुल गराउनेको हकमा कर्फ्यु लागु हुनेछैन् । काममा नगई नहुने र कामबाट फर्कनेहरुहरुसँग आवश्यक प्रमाणित कागजातहरु साथमा हुनुपर्नेछ ।
कर्फ्युको समयमा सरकारले बाक्लो रुपमा प्रहरी परिचालन गर्ने बताएको छ। कोरोना नियन्त्रणको सरकारको यो अभियानमा सहयोग गर्न सेनालाई समेत तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।