लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनको अल्कन्त्रामा एक भवनमा मंगलबार राति भिषण आगलागी भएको छ। आगलागीबाट बिष्फोटका कयौ आवाजहरु आएको अग्नि नियन्त्रकहरुले बताएका छन्।
आगो निभाउन घटनास्थल पुगेको सापदोरेस अग्नि नियन्त्रकको टोलीले २ जनाको उद्धार गरेका छन्।
आगो लागेको भवनमा कार मर्मत गर्ने वर्कसप भएकोले त्यहाँ प्रज्ज्वलनशील पदार्थ पनि रहेको हुँदा विस्फोटका कयौ आवाजहरु आएको हुनसक्ने अग्निनियन्त्रकहरुले जानकारी दिएका छन्।
घटनास्थलमा अग्निनियन्त्रक, पिएसपी प्रहरी सहित नागरिक सुरक्षा अधिकारीहरु पुगेका थिए।
फोटो/भिडियो : सुभास गौतम