काठमाडौं ।
चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अहिले अस्पतालहरुमा कोरोना संक्रमणको जोखिम रहेकाले मौसमी फ्लूको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियू बेडहरु कोरोनाका बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ ।
मौसम परिवर्तन सँगै मौसमी फ्लूका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताउनुभयो ।
सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुख्ने समस्या सामान्य फ्लू भएकाले डराउनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल गएर अस्पतालबाट आफूलाई नभएको फ्लू समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढिरहेको उल्लेख गर्दै उहाँले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गर्नुभयो ।