पोर्चुगलमा नोभेम्बर र डिसेम्बरका यि दुई साता एक नगरपालिकाबाट अर्को नगरपालिकाबिच आवतजावतमा प्रतिबन्ध !

लिस्बन।

पोर्चुगलको सरकारले कोरोना भाइरसको रोकथाममा कडा नियम लागु गर्दै गएको छ। सरकारको पछिल्लो निर्णय अनुसार दुई साता एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा प्रतिबन्ध लगाईएको छ।

प्रधानमन्त्री एन्तोनियो कोस्ताले एक पत्रकार सम्मेलनमा २७ नोभेम्बर देखि २ डिसेम्बर र ४ डिसेम्बर देखि ९ डिसेम्बरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत नपाईने जानकारी दिएका छन्।

२७ नोभेम्बर बेलुका ११ बजेदेखि २ डिसेम्बरको बिहान ५ बजेसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा प्रतिबन्ध लगाईएको छ। त्यस्तै ४ डिसेम्बरको बेलुका ११ बजेदेखि ९ डिसेम्बर बिहान ५ बजेसम्म पनि नगरपालिका सिमा पार गर्न प्रतिबन्ध छ।

पोर्चुगलमा कोरोना तोकथामको लागि मन्त्रिपरिषदको निर्णय अनुसार सरकारले यस्तो बाध्यकारी निर्णय गर्नुपरेको प्रधानमन्त्री कोस्ताले बताएका छन्। प्रधानमन्त्री कोस्ताले कोरोनाको रोकथाममा सबै नागरिकहरुलाई स्वास्थ्य निर्देशनालयद्वारा निर्देशित स्वास्थ्य निर्देशनहरु र सरकारद्वारा लागु गरिएका कानुनको पालना गरेर सहयोग र सहकार्य गर्न आव्हान गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार