परिवार पाल्नलाई करले घर छोडें !
के खाऊ के लाऊँ अभरले घर छोडें !!
अहिले भ्यागुर तरुलले काम चलाउला !
भोली खाने के भन्ने डरले घर छोडें !!
आज बल तागत अलीकती बाँकी छ !
पछि अभाव र पीड़ाको कहरले घर छोडें !!
जान्छु केही कमाउन बालबच्चा पाल्दछू !
यही सम्झेर यात्राको खबरदें घर छोडें !!
माया छैन निर्मोहीलाई नभन्नु है कसैले !
आफ्नो देश फुलाउने रहरले घर छोडें !!
# हरिमाया अधिकारी खतिवडा
( कंकर्ड, न्यू हेम्सार अमेरिका )