लिस्वन ।
पोर्चुगलमा आगामी २४ जनवरी २०१ मा राष्ट्रपति पदको लागि निर्वाचन हुने भएको छ ।
पोर्चुगलको निर्वाचन कानुनमा राष्ट्रपति निर्बाचनका लागि पहिलो मताधिकारको मिति कम्तिमा ६० दिन अगावै तय गर्नुपर्छ ।
सोही कानुनको अधिनमा रहेर मंगलबार नै राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले ६१ दिन अगाडी नै निर्बाचनको तय गरिएको हो।
सो मितिमा निर्बाचन गर्ने गरी राष्ट्रपति मार्सेलो रेबेलो दि सुसाले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिको निर्वाचनमा रहेका प्रतिद्वन्दीहरुमा कसैले पनि मतदान संख्याको आधाभन्दा बढी मत नल्याएको खण्डमा प्रथम निर्वाचन मितिको २१ औं दिनमा राष्ट्रपति पदक लागि दोश्रो निर्वाचन हुने प्रावधान छ। यसो भएको खण्डमा दोश्रो निर्वाचन १४ फेब्रुवरी २०२१ मा हुनेछ।
धेरैजसोले राष्ट्रपति मार्सेलो नै दोश्रो कार्यकालका लागि राष्ट्रपतिका दाबेबार र बिजयी हुने आकलन गरेका छन्।