लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर लामो समयदेखि ठगी धन्दामा संलग्न रहेका तथ्यहरु बाहिर आएका छन्। उनले नेपालमा कोरोना बिरामीको उपचारको लागि पठाएको रकम नै हिनामिना गरेका छन्।
पोर्चुगलमा रहेका एक नेपालीले नेपालमा रहेका आफन्तलाई संघका कोषाध्यक्ष बिक्रम जंग कुँवर मार्फत् पठाएको रकम महिनौसम्म पनि भुक्तानी नगरेपछि उनको ठगी धन्दाको कर्तुतको पर्दाफास भएको हो। एक नेपालीले लक्ष्मी ट्राभल्स मार्फत नेपालमा कोरोना संक्रमित आफन्तको उपचारको लागि ३० अक्टोबर २०२० मा २ लाख पठाएका थिए। संघका कोषाध्यक्ष कुँवर उक्त ट्राभल्सका मालिक हुन्।
संघका कोषाध्यक्ष कुँवरको ट्राभल्समार्फत नेपाल पठाएको रकम हप्तौसम्म पनि भुक्तानी नभएपछि उनले आफ्नो रकम फिर्ताको लागि कुँवरसंग कयौ पटक अनुरोध गरे। तर संघका कोषाध्यक्ष कुँवरले अनेकौ बहाना बनाउदै सधै पन्छिए। पिडित सेवाग्राही नेपालीलाई यो कुरा बाहिर ल्याए ठिक नहुने भन्दै उल्टै धाकधम्की दिए।
आफ्नो पसिनाको कमाइ रेमिट्यान्समार्फत पठाउदा पनि ठगिएपछि र चारैतिर हारगुहार गर्दा कतैबाट पनिसहयोग नपाएपछि पिडित नेपालीले संघका कोषाध्यक्ष कुँवरको ठगी धन्दाको कर्तुत सामाजिक संजालमा पोखे। पिडित सेवाग्राही नेपालीले आफ्नो पिडा सामाजिक संजालमा पोखेपछि संघका कोषाध्यक्ष तथा लक्ष्मी ट्राभल्सका मालिक कुँवरको ठगी धन्दाको पर्दाफास भएको हो।
संघका कोषाध्यक्ष तथा लक्ष्मी ट्राभल्सका मालिक कुँवरको ठगी धन्दाको पर्दाफास भएपछि उनले यसैगरी ठगेका कयौ नेपालीहरुका गुनासाहरु बाहिर आउन थालेका छन्। ठगी धन्दामा संलग्न संघका कोषाध्यक्ष कुँवरलाई संघले कस्तो कारवाही गर्ला त्यो हेर्न बाँकी नै छ , तर संघमा भएका व्यक्तिहरु नै बारम्बार ठगी र मारपिटमा संलग्न भएपछी भने एनआरएनए पोर्चुगलको सामाजिक छबि बिग्रदै हुदै गएको छ।