काठमाडौं|
नायिका श्वेता खड्का मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिने भएकी छन्। बिहेका लागि निम्तो कार्डसमेत बाँढिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो।
गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँढिएको कार्डमा उल्लेख छ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेकोसमेत चर्चा चलेको थियो। तर नायिका खड्काले यसअघि आफू प्रेममा नरहेको दाबी गर्दै आएकी थिइन्।
चलचित्र ‘कहाँ भेटिएला’बाट सिने जगतमा छिरेकी नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर समाजसेवासमेत गर्दै आएकी छन्।