लिस्बन।
पोर्चुगलकी स्वास्थ्य महानिर्देशक ग्रासा फ़्रेइतसलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमण पुष्टी भएकी उनलाई सामान्य लक्षणहरु मात्रै देखापरेको स्वास्थ्य महानिर्देशनालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
कोरोनाबाट संक्रमित स्वास्थ्य महानिर्देशक ग्रासा अहिले आइसोलेशनमा छिन।
पोर्चुगलमा कोरोना नियन्त्रणमा उनको महत्वपूर्ण भूमिका रहेको छ। पोर्चुगलमा कोरोना नियन्त्रणका लागि दैनिक १८ घण्टा कार्यालयमा काम गरेको भनि अघिल्लो साता यहाको राष्ट्रिय टेलिभिजनमा उनको कामको प्रशंसा भएपछि उनको लोकप्रियता चुलिएको हो।