लकडाउनको बिरोधमा पोर्तुगाली रेस्टुरेन्ट मालिकहरूहरु ६ दिनदेखि संसदभवन आगाडी आमरण अनशनमा !

लिस्बन।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको बिरोधमा पोर्तुगाली रेस्टुरेन्ट मालिकहरूहरु भोक हडतालमा बसेका छन्। आज भोक हडतालमाको छैठौ दिन हो। उनीहरु लकडाउन सम्बन्धी कानूनको बिरूद्ध संसद बाहिरका आमरण अनसन बसेका हुन्।


कोरोनाभाइरस प्रतिबन्धको विरोधमा नौ रेस्टुरेन्ट, बार र नाइटक्लब मालिकहरुले आज संसद बाहिरगरेको आमरण अनशनको छैठौ दिन पुरा गरेको छ।

आन्दोलनकारीहरू – संसद बाहिरै डेरा हालेर पानी, चिया र कफीमा बस्दै आएका छन्। उनीहरुको माग छ कि प्रधानमन्त्री र अर्थव्यवस्था मन्त्रीले उनीहरूलाई नभेटेसम्म तिनीहरूले खाना खाने छैनन्।

कोरोना संक्रमण नियन्त्रणका लागि नोभेम्बर ८ बाट देशभर लगाईएको कर्फ्युका कारण अधिकांस रेस्टुरेन्ट व्यवसाय बाच्ने अवस्थामा छैनन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार