लिस्बन।
पोर्चुगलले युरोपियन युनियनबाट ३ बिलियन युरो ऋण प्राप्त गरेको छ।
प्रधानमन्त्री एन्तोनियो कोस्ताले सो ऋणबाट बेरोजगार र काम गुमाएका कामदारलाई सहयोग पुर्याउन रकम छुट्याउने बताएका छन्।
कोरोना महामारीको बीचमा आर्थिक सुधार र रोजगारी बचाउन पोर्चुगलले युरोपेली संघबाट ३ बिलियन युरो प्राप्त गरेको हो ।
प्रधानमन्त्री एन्टोनियो कोस्टाले आफ्नो ट्वीटरमा प्रकाशित एउटा सन्देशमा भने कि यो कोषले आफ्नो रोजगारी गुमाउने र महामारीले गर्दा बन्द वा बाधा भएका स्वतन्त्र उद्यमीहरू र लेअफमा रहेका कामदारहरूलाई सहयोग गर्न खर्च गर्नेछ ।
पोर्चुगलले युरोपियन युनियनबाट जम्मा रकम ५.९ बिलियन यूरो ऋण सहयोग प्राप्त गर्नेछ।