लिस्बन।
पोर्चुगलमा कोरोना महामारीका कारण २४ मार्च, २०२० मा स्वास्थ्य संकटकाल लागु भएपछि सरकारले २४ फेव्रुअरी २०२० यता म्याद सकिएका महत्वपूर्ण कागजपत्रहरु ३१ मार्च, २०२१ सम्म लागु हुने सेफले जनाएको छ।
पोर्चुगलमा स्वास्थ्य संकट डिक्रि कानुन दफा ८७ ए / २०२० अनुसार पोर्चुगलमा बसोबास गर्ने नागरिकहरुको दैनिक जीवनमा सरोकार राख्ने महत्वपूर्ण कागजपत्रहरुलाई ३१ मार्च २०२१ सम्मको लागि मान्यता दिएको हो।
यी कागजपत्रहरु २४ फेव्रुअरी २०२० पछि म्याद सकिएपछि मान्य हुनेछन !
– नागरिकता ( Citizens Card )
– सवारी चालक अनुमतिपत्र ( Driving Licence )
– आपराधिक रेकर्ड ( Criminal Record )
– प्रमाणपत्रहरु ( Certificates )
– भिषा र पोर्चुगलको भूभागभित्र बसोबास गर्न चाहिने सम्बन्धित कागजपत्रहरु ( Visa and Documents related to stay of foreign nationals in National Territory )