पोर्चुगलमा राष्ट्रपतिय निर्वाचन २४ जनवरी २०२१ मा : मार्सेलोले दिए उम्मेद्वारी , के पोर्चुगलका नागरिकले दोश्रो कार्यकालका लागि उनलाई राष्ट्रपति चुन्लान् ?

लिस्बन।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले २४ जनवरी २०२१ मा हुने राष्ट्रपतीय निर्वाचनमा दोश्रो कार्यकालका लागि उम्मेद्वारी दिएका छन्। उनले आज सोमबार आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्।

रास्ट्रपति मार्सेलो डिसेम्बर १२ तारिख ७२ बर्ष पुग्दैछन। उनि २४ जनवरी २०१६ मा प्रथम चरणको राष्ट्रपतीय निर्वाचनमा ५२ प्रतिशत मत ल्याएर गणराज्य पोर्चुगलका राष्ट्रपति चुनिएका थिए।

राजनीतिमा आउनुपूर्व राष्ट्रपति मार्सेलो कानुन विषयका प्रोफेसर थिए। शिक्षण पेशाबाट अवकास प्राप्त गरेपछि उनि पिएसडी को अध्यक्ष भएर काम गरेका थिए। त्यसपछि उनि टेलिभिजनमा राजनैतिक विश्लेषकका रुपमा संचारकर्मी भएर लामो समय पत्रकारिता गरेका थिए।

२४ जनवरी २०१६ को राष्ट्रपतीय निर्वाचनमा बिजयी भएका मार्सेलोले ९ मार्च, २०१६ मा ५ बर्षका लागि पोर्चुगलका राष्ट्रपतिको कार्यभार सम्हालेका थिए।

राष्ट्रपति मार्सेलोले पहिले २४ जनवरी २०२१ मा हुने राष्ट्रपतीय निर्वाचनको घोषणा गरेपछि मात्रै आफुले आम नागरिकको हैसियतमा आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार