मानव तस्करी र मनी लाँड्रिंग आरोपमा लिस्बनमा एक ३० बर्षीय विदेशी नागरिक पक्राउ, थपको खोजी कार्य जारि !

लिस्बन।

मानव तस्करी आरोपमा लिस्बनबाट एक बिदेशी नागरिकलाई लिस्बन महानगरीय प्रहरी कमाण्डले पक्राउ गरेको छ।

अन्दाजी ३० बर्षे विदेशी व्यक्तिलाई मानव तस्करीको अपराधको लागि युरोपियन गिरफ्तार वारन्टको आधारमा लिस्बनमा पक्राउ गरिएको हो ।

लिस्बन मेट्रोपोलिटन कमाण्ड (कमट्लिस) का अनुसार पक्राउ परेका व्यक्ति पनि मनी लाँड्रिंग आपराधसंग पनि सम्बन्धित छन् ।

कमट्लिसका अनुसार उनि सन् २०१८ देखि नै यस्ता अपराधमा संलग्न थिए।

“पक्राउ पर्न सक्ने जोखिमप्रति सचेत भएर उक्त व्यक्तिले पोर्चुगल छोडेर अन्यत्र जाने प्रयास गरेका थिए । यसैलाई प्रहरीले अधिक जानकारी राखेर उक्त व्यक्तिलाई पत्ता लगाउन र पक्राउ गर्न सम्भव थियो ”, प्रहरीले भने।

पीएसपीका अनुसार उनले लिस्बनमा अस्थाई मानव तस्करीमा सहयोग गरिरहेको धेरै सूचनाका आधारमा पक्राउ गर्न सजिलो भएको हो।

पक्राउ परेका व्यक्तिको मानव तस्करी र मनी लाँड्रिंगको जालोको अन्यसंग पनि सम्बद्ध हुनसक्ने भएकोले प्रहरीले थप अनुसन्धान गरिरहेको छ। थप अनुसन्धानमा बाधा नपुगोस् भनेर प्रहरीले उनको पहिचान र कुन देशका नागरिक हुन् भन्ने बारे थप जानकारी गोप्य राखेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार