कोरोनाका कारण पर्यटक नहुदा पोर्चुगलमा ४५ प्रतिशत होटेल बन्द !

लिस्बन।

कोरोनाका कारण पोर्चुगलमा ४५ प्रतिशत होटेल बन्द भएका छन्। कोरोना भाइरसले जनजीवनमा परेका असर र ग्राहक नहुदा यी होटेलहरु बन्द भएका हुन्।

होटेल एसोसिएशन पोर्चुगलले यहाँ रहका उत्कृष्ट ५०० होटेलहरुमा गरेको सर्वेक्षणले बिशेष गरि पर्यटक केन्द्रित शहरहरुका होटेलहरु प्रभावित भएको जनाएको छ। अल्गार्भ, लिस्बन र पोर्तोका अधिकांस ठुला र उत्कृष्ट सेवा दिदै आएका होटेलहरु पर्यटक र ग्राहकको अभावमा बन्द भएका छन्।

बन्द भएका अधिकांस होटलहरु अझै चार महिनामा बन्द रहने होटेल एसोसिएशन पोर्चुगलले जनाएको छ। बन्द भएका अधिकांस होटेलहरुले सन् २०२१ को मार्च अन्तिमतिर मात्रै सेवा सुचारु गर्ने जनाएका छन्।

पूर्ण रुपमा पर्यटकमा आधारित रहेका र कोरोनाका कारण सबैभन्दा प्रभावित भएका २३ प्रतिशत होटेलहरु अझै पनि कहिले खुल्ने भन्नेमा अन्यौल रहेको होटेल एसोसिएशन पोर्चुगलले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार