लिस्बन।
पोर्चुगलको राजधानी लिस्बन नजिकै कास्काइसको स्कुलमा अध्यापन गर्ने एक सहायक शिक्षकलाई यौन दुर्व्यवहार अपराधमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका १८ बर्षीय शिक्षकमाथि यौन दुर्व्यवहारका १० अपराध गरेको आरोप छ।
बिद्यालयमा अध्ययन गर्ने ७ देखि १२ बर्ष उमेरका १० जना बालकहरुमाथि उनले यौन दुर्व्यवहार गरेको प्रहरीको ठहर छ।
बिद्यार्थीका अभिभावकहरुले यौन दुर्व्यवहारको उजुरी प्रहरीमा गरेपछि प्रहरीले एक महिनासम्म अपराध अनुसन्धान गरेको थियो।
प्रहरीको अनुसन्धानपछि पक्राउ परेका ति शिक्षकले ७-१२ बर्ष उमेरका बिद्यार्थीहरुलाई आफ्नो काखमा राख्ने , सुम्सुम्याउने, उनीहरुको यौनअंगमा छुने र उनीहरुलाई जबरजस्ती आफ्नो यौनाङ्गमा छुन लगाउने गरेको खुलेको छ।
उजुरीपछिको अनुसन्धान र सबुत प्रमाणको आधारमा प्रहरीले ति शिक्षकलाई पक्राउ गरि हिरासतमा राखेको छ। न्यायिक प्रहरीको ठहर छ कि उनले यौन दुर्व्यवहारका अरु थुप्रै अपराध गरेको हुनसक्छन। प्रहरीले उनीमाथि थप अनुसन्धान गर्दै अन्य पिडितहरुको खोजी गरिरहेको छ।