लिस्बन।
कोरोना संक्रमणका कारण पोर्चुगलमा दोश्रो नेपालीको ज्यान गएको छ।
पोर्चुगलमै १९-२९ बर्ष समुहमा कोरोनाका कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति र २९ बर्षमुनिको उमेर समुहमा कोरोनाक कारण ज्यान गुमाउने नवौ व्यक्ति हुन्।
कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएका लिस्बनको साउ जोसे अस्पतालमा निधन भएका २७ बर्षीय युवा नेपाली नागरिक भएको स्वास्थ्य महानिर्देशनालयलाई उद्धृत गर्दै पोर्चुगलको प्रसिद्ध पत्रिका पुब्लिको ले उल्लेख गरेको छ।
उनको शव अहिले साउ जोसे अस्पतालको शव गृहमा राखिएको छ।
पोर्चुगलमा आज मात्रै कोरोना संक्रमणका कारण ७४ जनाको ज्यान गएको छ भने ३ हजार ३३६ जना नयाँ संक्रमित फेला परेका छन्।
पोर्चुगलमा कोरोना संक्रमणका कारण हालसम्म ६ हजार ७५१ जनाले ज्यान गुमाईसकेका छन्।
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2020/12/Screenshot-2020-12-30-at-00.06.40-e1609288092660.png)
त्यस्तै कोरोना संक्रमितको संख्या ४ लाख २ पुगेको छ। कोरोना संक्रमणबाट उपचार पश्चात निको हुनेको संख्या ३ लाख २७ हजार ७९४ रहेको स्वास्थ्य महानिर्देशनालयको पछिल्लो तथ्यांक छ।
#InUpdate