हतियारधारीलाई जिएनआर सैनिकले पोर्चुगलको बिच सडकमै गोली ठोकेपछि … !

लिस्बन।

हतियारधारी एक जना पुरुषलाई जिएनआर सैनिकले बिच बाटैमा गोली ठोकेको छ।

हातमा पिस्तोल लिएर सडकमै हिड्दै आकाशमा कयौ राउण्ड गोली चलाएपछि नियन्त्रणमा लिन जिएनआर सैनिकले गोली चलाएको हो।

घटना पोर्चुगलको उत्तरी क्षेत्र ब्रागाको हो। अन्दाजी ५२ बर्षीय हतियारधारी पुरुषलाई नियन्त्रण लिन जीएनआर सैनिकले रबरको गोली हानेर नियन्त्रण लिएको हो।

गोली लागेर घाइते भएका हतियारधारीको गुमेरस अस्पतालमा उपचार भईरहेको छ।

घटना हिजो मध्यरातको हो। पोर्चुगलको न्यायिक प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार