सामान्य बिबादमा लिस्बनमा एक व्यक्तिमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक !

लिस्बन।

लिस्बनमा सामान्य बिबाद हुदा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

पोन्तिन्हा अमादोरामा भएको उक्त घटनामा एक ५० बर्षीय व्यक्ति घाइते भएका छन्।

छुरा प्रहारबाट घाइते भएका उनको लिस्बनको सन्ता मारिया अस्पतालमा उपचार भईरहेको छ।

रुवा पैवा अन्द्रदेमा छुरा प्रहारबाट घाइते भएका उनको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ।

आज शुक्रवार बिहानै करिब ४: ४६ बजेतिर उक्त घंटना भएको सिएमले जनाएको छ।

छुरा प्रहार गर्ने एक अन्दाजी २५ बर्षीय युवाको पहिचान भईसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार