नयाँ स्वरुपको कोरोना भाइरस पोर्चुगलभरी फैलियो: मदेइरामा १८ र पोर्चुगलको प्रमुख भूभागमा थप १६ संक्रमित भेटिए !

लिस्बन।

नयाँ स्वरुपको कोरोना भाइरस पोर्चुगलभरी फैलिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसले बेलायत अहिले थिलथिल भएको छ , बिरामीहरुले अस्पताल भरिएका छन्। यहि कारण विश्वका ५० बढी देशहरुले बेलायतबाट आउने यात्रुहरुलाई रोक लगाएका छन्।

पछिल्लो हप्ता २७ डिसेम्बरमा मात्रै पोर्चुगलको मदेइरा टापुमा नयाँ स्वरुपको कोरोना भाइरसका १८ जना संक्रमितहरु फेला परेका थिए। उनीहरु सबै बेलायतबाट बिदा मनाउन पोर्चुगल आएका थिए।

आज मात्रै नयाँ स्वरुपको कोरोना भाइरसका थप १६ जना संक्रमितहरु पोर्चुगलको प्रमुख भूगोलको विभिन्न ठाउमा फेला परेको छन्।

नयाँ स्वरुपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रमण हुने विज्ञहरुले दाबी गरेका छन्।

नयाँ स्वरुपको कोरोना भाइरसका बिरामी पोर्चुगलभरि नै देखापरेपछि यहाँ स्वास्थ्यचिन्ता बढेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार