सर्लाही ।
शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
तामाङको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।
ठक्करपछि मन्त्रीको जीप भागेको थियो ।
हेर्नुहोस् भिडियो–