कहिल्यै नभेटी टाढियो त्यो गन्तव्य भनुँ
यी अथक पाइलाको हिंडाइ त अझै बाँकी छ ।
झरेको पात झैं सुकी गए सबै इच्छा भनुँ
यो मुटुको न्यानो ढुकढुकी त अझै बाँकी छ ।
समुंद्रको छाल झैं बिलाए सबै रहर भनुँ
आँखाभरिको सपना त अँझै बाँकी छ ।
हजारौ प्याला विष झैं भयो यो भोगाइ भनुँ
सुखको आशाको त्यान्द्रो त अझैं बाँकी छ ।
पानीको फोकासरी फुटेर गयो जीवन भनुँ
अनगिन्ती माइलको यात्रा त अझै बाँकी छ ।
-नारायण माया बोहरा (नन्दनी)