लिस्बन।
कोरोना बिरुद्धको खोप लगाउने उच्च ५ युरोपेली देशमा पोर्चुगल पनि एक रहेको छ।
युरोपमा कोरोना बिरुद्धको खोप सबैभन्दा बढी लगाउने देश बेलायत हो। बेलायातापछी डेनमार्क, जर्मनी, क्रोअसिया र पोर्चुगल रहेका छन्।
युरोपमा सबैभन्दा सुस्त खोप लगाउने देशहरुमा फ्रान्स र होल्याण्ड हुन्।
युरोपका अधिकांस देशहरुले कोरोना बिरुद्धको फ़ाइजर खोप आफ्ना नागरिकहरुलाई प्राथमिकताको आधारमा लगाउन शुरु गरिसकेका छन्।
पोर्चुगलमा यो बर्षको अन्त्यसम्ममा सबै नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाईसकिने लक्ष्य सरकारले लिएको छ।
पोर्चुगलमा अप्रिल देखि सेप्टेम्बरको बिचमा सबैभन्दा बढी खोप उपलब्ध हुने र नागरिकहरुलाई लगाईने स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।