पोर्चुगिज पासपोर्ट विश्वको चौथो उत्कृष्ट र शक्तिशाली , विश्वका १८६ देशमा सजिलै यात्रा गर्न सकिने !

लिस्वन ।

पोर्चुगलको पासपोर्ट विश्वकै चौथो शक्तिशाली मानिएको छ।

पासपोर्ट इन्डेक्सको ग्लोबल पासपोर्ट पावर रयांक अनुसार पोर्चुगिज नागरिकले बोक्ने रातो पासपोर्ट विश्वकै उत्कृष्ट १० भित्र समेटिएको हो ।

पोर्चुगलको पासपोर्टमार्फत विश्वको १८६ मुलुकमा सजिलै यात्रा गर्न सकिन्छ ।

सोही अध्ययन अनुसार सन् २०१८ मा पोर्चुगलको पासपोर्ट चौथो र २०१९ मा पाँचौं स्थानमा रहेको थियो ।

अध्ययनका अनुसार विश्वको उत्कृष्ट र शक्तिशाली एक नम्बरमा जर्मनीको पासपोर्ट रहेको छ।

दुई नम्बरमा स्विडेन, फिन्ल्याण्ड र स्पेनको पासपोर्ट छन् ।

त्यस्तै, डेन्मार्क, नर्वे, स्विजरलैण्ड, न्यूजिलैण्ड तीन नम्बरमा समेटिएका छन् ।

चौंथो नम्बरमा नेदरलैण्ड, फ्रान्स, पोर्चुगल, अस्ट्रिया, लक्जेम्वर्ग, इटाली, ग्रिस, आयरलैण्ड र युनाइटेड किङडम समेटिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार