पोर्चुगलका राष्ट्रपति मार्सेलो’लाई कोरोना पोजिटिभ !

गणेश पाण्डेय, पोर्चुगल ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालाई आज कोरोना संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमित भएपछि राष्ट्रपति मार्सेलोले आगामी हप्तासम्मका लागि निर्धारित भएका उनका सबै भेटघाट र कार्यक्रमहरु रद्ध गरेका छन्।

राष्ट्रपति मार्सेलो’लाई कोरोना पोजिटिभ भएको खबर आज सोमबार राति राष्ट्रपतिको आधिकारिक वेवसाइट मार्फत जानकारी दिईएको हो।

राष्ट्रपति मार्सेलोको हिजोको कोरोनाको परिक्षणको नतिजा नेगेटिभ आएता पनि आज गरिएको कोरोना परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको सुचनामा उल्लेख छ।

यही जनवरी २४ तारिखमा पोर्चुगलको राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति मार्सेलो आफ्नो दोश्रो कार्यकालका लागि चुनावी अभियानमा व्यस्त थिए । तर कोरोना पोजेटिभको रिपोर्ट आएसंगै उनी बेलेम स्थित राष्ट्रपति निवासमा आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार