गणेश पाण्डेय, पोर्चुगल ।
पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाको सिघ्र स्वस्थ्यलाभको कामना गरेका छन्।
राष्ट्रपति मार्सेलो’लाई आज कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री कोस्ताले राष्ट्रपतिलाई टेलिफोन मार्फत सिघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रपतिको स्वास्थ्यको बारेमा निरन्तर सम्पर्कमा रहने ग्यारेन्टी गरेका छन्।
Tomei conhecimento do teste Covid19 positivo do Presidente da República. Já falámos ao telefone esta noite, pois quis inteirar-me do seu estado de saúde. Manteremos o contacto permanente e desejo-lhe votos sinceros de rápida e completa recuperação.
— António Costa (@antoniocostapm) January 11, 2021
राष्ट्रपति मार्सेलो’लाई कोरोना पोजिटिभ भएको खबर आज सोमबार राति राष्ट्रपतिको आधिकारिक वेवसाइट मार्फत जानकारी दिएका थिए ।कोरोना संक्रमित भएपछि राष्ट्रपति मार्सेलोले आगामी हप्तासम्मका लागि निर्धारित भएका उनका सबै भेटघाट र कार्यक्रमहरु रद्ध गरेका छन्।
यही जनवरी २४ तारिखमा पोर्चुगलको राष्ट्रपतिको चुनाव हुँदैछ । मार्सेलो जनवरीमा हुने राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार रहेका छन्। राष्ट्रपति मार्सेलो आफ्नो दोश्रो कार्यकालका लागि चुनावी अभियानमा व्यस्त थिए । तर कोरोना पोजेटिभको रिपोर्ट आएसंगै उनी बेलेम स्थित राष्ट्रपति निवासमा आइसोलेसनमा बसेका छन् ।
राष्ट्रपतिय निर्वाचनकी उम्मेदवार तथा लेफ्ट ब्लोककी नेता मरिसा मतिअसले पनि ट्विटर मार्फत राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेकी छिन।
Contactei agora Marcelo Rebelo de Sousa, lamentando que tenha testado positivo à Covid-19. Desejo-lhe as melhoras e faço votos de rápida recuperação.
— Marisa Matias (@mmatias_) January 11, 2021
त्यस्तै राष्ट्रपतिय निर्वाचनका अर्का उम्मेदवार तथा लिबरल इनिशिएटिभका नेता टिअगो मायाँ गोंचल्वेसले पनि ट्विटर मार्फत राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेका छन्।
Espero que Marcelo Rebelo de Sousa não venha a desenvolver quaisquer sintomas, desejando-lhe uma rápida e forte recuperação.
— Tiago Mayan 2021 (@LiberalMayan) January 11, 2021