पोर्चुगलमा कोरोना : SNS24 मा क्षमताभन्दा बढी चापले फोन कल रिसिभ गर्न भ्याईनभ्याई, दैनिक २७ हजार बढी कलको व्यवस्थापन !

सबिन धिताल, लिस्बन।

क्रिसमस र नयाँ बर्षपछि पोर्चुगलमा आएको कोरोनाको तेश्रो लहरले स्वास्थ्य व्यवस्था, सेवा र जनजीवन अस्तव्यस्त पारेको छ। स्वास्थ्य सेवाको २४ औ घण्टे आकस्मिक सेवा SNS24 हन्टिंग लाइन 808242424 मा आउने फोनको चापले कर्मचारीहरुलाई फोन कल रिसिभ गर्न भ्याईनभ्याई छ।

नयाँ बर्सको शुरुवातीबाट नै SNS24 मा फोनको चाप बढेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। महानिर्देशनालयका अनुसार SNS24 ले दैनिक २७ हजार बढी फोन कलको व्यवस्थापन गरिरहेको छ।

क्षमताभन्दा बढी फोन कल आएपछि फोन कलको उत्तर दिन ढिलो भएको, सेवाग्राहीले फोनमा उत्तर पाउन धेरै कुर्नुपरेको , बिचमै लाइन काटिने समस्या भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। महानिर्देशनालयले हजारौ सेवाग्राहीहरुले फोन सेवा सम्बन्धी उजुरी गरेको समेत जनाएको छ।

पोर्चुगलमा कोरोना संक्रमण शुरुभएयता SNS24 ले ४ लाख २९ हजार परिक्षणका लागि पठाएको जनाएको छ। त्यस्तै सोही समयमा ४० लाख बढीलाई फोन कलमा परामर्श दिएको र जसमध्ये १५ लाख फोन कल कोरोनासँग सम्बन्धित रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार