पोर्चुगलमा कोरोना शुरुभएयताकै सबैभन्दा खराब दिन आज : १५६ को मृत्यु, १० हजार ५५६ जना संक्रमित !

लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा १५६ जनाको मृत्यु र १० हजार ५५६ जना संक्रमित भएका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार गत बर्षको मार्च महिनामा पोर्चुगलमा कोरोनाको पहिलो संक्रमण देखिएयता यो सबैभन्दा खराब दिन दिन मानिएको छ। संक्रमित र मृतकको यो संख्या नै अहिलेसम्मकै उच्च हो।

संक्रमितहरुमध्ये ४ हजार २४० जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। सिकिस्त भएका ५९६ जनाको आइसियुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयको जनाएको छ।

पोर्चुगलमा कोरोना संक्रमण शुरुभएयता कोरोनाकै कारण ८ हजार २३६ जनाले ज्यान गुमाईसकेका छन्। त्यस्तै हालसम्म कुल संक्रमित संख्या ५ लाख ७ हजार १०८ पुगेको छ।

पोर्चुगलमा स्वास्थ्य महानिर्देशनालयको पछिल्लो अपडेट अनुसार सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ३२८ पुगेको छ , सक्रिय संक्रमितहरुको यो संख्या पनि अहिलेसम्मकै उच्च हो।

पछिल्लो २४ घण्टामा ४ हजार ४६० जना कोरोनामुक्त भएका छन्। हालसम्म संक्रमित भएर उपचार पश्चात निको हुनेको संख्या ३ लाख ८२ हजार ५४४ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार