पोर्चुगलको सिन्त्रामा ४५ बर्षे महिलामाथि बिच सडकमै छुरा प्रहार !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनदेखि करिब २७ किलोमीटर टाढा रहेको सानो शहर सिन्त्राको बिच सडकमै एक ४५ बर्षे महिलामाथि छुरा प्रहार भएको छ।

आज बिहिबार दिउसो करिब १२:४५ बजेतिर उक्त घटना मोन्ते अब्राओ सिन्त्रामा भएको हो।

छुरा प्रहारबाट घाइते भएर सडकमै ढलेकी ति महिलालाई पैदलयात्रुले देखेपछि प्रहरीलाई खबर गरेका थिए। तुरुन्तै प्रहरी , एम्बुलेन्स र बारुणयन्त्रको टोली घटनास्थलमा पुगेर उनेको उद्धार गरेको थियो। अहिले उनको सान्ता मारिया अस्पताल लिस्बनमा उपचार भईरहेको छ।

छुरा प्रहारबाट घाइते भएकी ति महिला को थिईन् भन्ने बारेमा प्रहरीले खुलाएको छैन।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार