लिस्बन।
बेलायत सरकारले पोर्चुगलबाट बेलायत जाने हवाईयात्रामा प्रतिबन्ध लगाएको छ।
पछिल्लो समयमा पोर्चुगलमा कोरोनाका संक्रमित र मृतकको संख्या ह्वात्तै बढेपछि र दिनदिनै संक्रमित र मृतकको संख्यामा रेकर्ड ब्रेक हुदै गएपछि बेलायतले पोचुगलमाथि हवाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
आज बेलायती यातायातमन्त्री ग्रान्ट शप्प्सले एक ट्विट गर्दै सो जानकारी दिएका हुन्।
उनले आफ्नो ट्विटमा भनेका छन् , ” पोर्चुगलको ब्राजिलसँग दरो यात्रा सम्बन्ध भएकाले पोर्चुगलबाट बेलायत आउने हवाईयात्रामा प्रतिबन्ध लगाईएको छ। यसले बेलायतमा आयात हुनसक्ने संक्रमंमा कमि ल्याउन मद्धत गर्नेछ। ”
बेलायतले भोलिबाट लागु हुने गरी अन्य थप १६ देशबाट आउने हवाईयात्रामा समेत प्रतिबन्ध लगाएको छ।
Travel from PORTUGAL to the UK will also be suspended given its strong travel links with Brazil – acting as another way to reduce the risk of importing infections. However, there is an exemption for hauliers travelling from Portugal (only), to allow transport of essential goods.
— Rt Hon Grant Shapps MP (@grantshapps) January 14, 2021