लिस्बन।
पोर्चुगलका अर्थ तथा राज्यमन्त्री जॉओ लेओं’लाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनका कोरोनाक खासै कुनै लक्षणहरु नदेखिएतापनि कोरोना पोजेटिभ देखिएको छ।
अर्थ मन्त्रालयले आज शनिवार एक सूचना जारी गर्दै मन्त्री लेओंलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो।
कोरोना पोजेटिभ देखिएपछि अर्थ तथा राज्यमन्त्री लेओं घरमै आइसोलेशनमा बसेका छन्।
पोर्चुगलमा यसै साता मात्रै राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा र श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना गोदिन्हो’लाई कोरोना संक्रमण पुष्टि भएको थियो।