कृषी मजदुर भिषामा पोर्चुगल आएको ३ महिनामै पक्षघातले थलिएका श्रेष्ठ व्हिलचेयरमै नेपाल फर्किए !

लिस्वन ।

कृषी मजदुर भिषामा पोर्चुगल आएको ३ महिनामै पक्षघात भएका एक नेपाली सात महिनाको अस्पताल बसाइपछि अन्ततः व्हिलचेयरमै नेपाल फर्किएका छन्।

सात महिनादेखि पोर्चुगलको कोइम्ब्रा अस्पतालमा पक्षाघातको उपचार गराउदै आएका ललितपुरका शिव श्रेष्ठ नेपाल फर्किएका हुन् ।

बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमै बसोबास गरिरहेका भवानी शंकर कंडेलले उनलाई पोर्चुगलदेखि साथमै लगेर नेपालमा श्रेष्ठको परिवारको जिम्मा लगाएका छन्।

सात महिनादेखि पक्षाघातको उपचार गराउदै आएका श्रेष्ठलाई नेपालमा रहेका उनकै परिवारको आग्रहमा नेपाल पठाईएको हो। २९ बर्षिय श्रेष्ठलाई नेपाल पठाउन गैर आवासीय नेपाली संघ पोर्चुगलले सहयोग गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार