पोर्चुगल : अमादोराको एक अपार्टमेन्टमा बाबुछोरा मृत फेला, दुबैलाई कोरोना पोजिटिभ भएको पुष्टी !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनको अमादोरामा एक अपार्टमेन्टमा आज बिहान बाबुछोरा मृत फेला परेका छन्।

आज आइतबार दिउसो करिब २:४० बजेतिर उक्त घटनाको बारेमा प्रहरीले खबर प्राप्त गरेको जनाएको छ।

घटनाको खबर प्राप्त गरेपछि तुरुन्तै पिएसपी प्रहरी, फायरफाइटर, एमेर्जेंसी सेवा, एम्बुलेन्स सहित १६ जनाको उद्धार टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुग्दा उद्धार टोलीले दुबैलाई मृत अवस्थामा फेला पारेका थिए। आफ्नै अपार्टमेन्टभित्र मृत फेला परेका ६० बर्षीय बुवा र अन्दाजी ४२ बर्षीय छोरा दुबैलाई कोरोना संक्रमण पुष्टी भएको उद्धार टोलीले जनाएको छ।

मृतक बाबुछोरा को थिए भन्ने बारेमा प्रहरीले केहि खुलाएको छैन।

प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार