लिस्बन।
पोर्चुगलको राजधानी लिस्बनको अलमेदा पार्कमा जम्मा भएका २०० जनाभन्दा बढीलाई पिएसपी प्रहरीले लखेटेर तितरबितर पारेको छ।
पार्कमा जम्मा भएका हुलका हुल मान्छेहरु देखेपछि गस्तीमा रहेको प्रहरीको टोलीले उनीहरुलाई लखेटेको हो।
अलमेदा डोम ओफ़ोन्सो हेनरिकमा जम्मा भएका उनीहरुलाई पुलिस पेट्रोल कार, र्यापिड इन्टरभेन्सन टिमले तितरबितर गरेको थियो। प्रहरीका अनुसार कसैलाई पनि गिरफ्तार गरिएको छैन। प्रहरीले उनीहरुलाई चेतावनी दिएको जनाएको छ।
पोर्चुगलमा लागु गरिएको संकटकाल र लकडाउनमा बिना काम घरबाहिर निस्कन र सार्वजनिक स्थानहरुमा समुहमा बस्न बन्देज लगाएको छ।
संकटकाल र लकडाउनमा लागु गरिएका नियमहरुको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० देखि १००० युरोसम्म सुरक्षा अधिकारीहरुले जरिवाना गर्नसक्ने नियम छ। त्यस्तै स्वास्थ्य संकट कानुनको उल्लङ्घन गर्ने व्यवसायिक प्रतिष्ठानहरुलाई कम्तिमा २००० युरोदेखी बढीमा २०,००० युरोसम्म जरिवाना हुन सक्नेछ।