लिस्बन।
पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्ता तेमिदोले स्वास्थ्य सेवा कुनै पनि समयमा भत्किन सक्ने चेतावनी दिएकी छिन्।
उनले पत्रकारहरुसँग कुरा गर्दै भनिन् , ” हामी हाम्रा सम्पूर्ण साधन श्रोतहरु परिचालन गरेका छौ, तर हाम्रा साधन श्रोतहरु सिमित छन्। हामीसँग भएका सम्पूर्ण साधनश्रोतको प्रयोग र परिचालनको अन्त्यतिर छौ। अस्पतालहरु क्षमताभन्दा बढी बिरामीको चापले अस्तव्यस्त छन्। समग्रमा हाम्रो पुरै स्वास्थ्य व्यवस्था अस्तव्यस्त हुदैछ। ”
उनले अगाडी थपिन् , ” पोर्चुगलका नागरिकहरुले यो कुरा बुझ्न जरुरी छ कि पोर्चुगलको स्वास्थ्य व्यवस्था, स्वास्थ्य सेवा, राष्ट्रिय स्वास्थ्य सेवा, प्राइभेट स्वास्थ्य सेवा, र हाम्रो स्वास्थ्य संरचना सबै ‘ ब्रेकिङ्ग पोइन्ट ‘ भत्किने बिन्दुको नजिक छौ। त्यसले ल्याउने दुर्घटनाबाट बच्न सबै नागरिकहरुले स्वास्थ्य निर्देशिका र संकटकाल कानुनको अनिवार्य पालना गर्नु अत्यावश्यक छ। ”