कोरोना बिरुद्धको १५२ भ्याक्सिन बोकेर अलेन्तेजो हिडेको मेडिकल भ्यान बाटैमा दुर्घटना !

लिस्बन।

कोरोना बिरुद्धको १५२ भ्याक्सिन बोकेर अलेन्तेजो हिडेको मेडिकल भ्यान ए-२ राजमार्गमा दुर्घटना भएको छ।

दुर्घटनामा भ्यानका चालक घाइते भएका छन्। घटना आज बुधबार बिहान करिब ११:३० बजेतिर भएको हो।

दुर्घटनामा घाइते भएका चालकको अल्चव्चेर दो सालबाट गएको फायर फाइटरहरुले उद्धार गरेका थिए।

भ्यानमा रहेका १५२ भ्याक्सिन प्रयोग गर्न ठिक भए/नभएको स्वास्थ्य अधिकारीहरुले परिक्षण गरिरहेका छन्।

घाइते भएका चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार