अनिवार्य क्वारेन्टिन जांच गर्न पोर्चुगलमा कोरोना संक्रमितको घरघरमा प्रहरीको छापा, संक्रमित भएर पनि खुलमखुल्ला हिडडुल गर्ने एक दम्पती पक्राउ !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भएपछि सरकारले संक्रमितहरुको घरघरमा चेकजाँच गर्न सुरक्षा अधिकारीहरु परिचालन गरेको छ। नागरिकहरुले स्वास्थ्य महानिर्देशनालयद्वारा निर्देशित सुझावहरु र सरकारद्वारा लागु गरिएको संकटकाल कानुनको पालना नगरेका कारण पछिल्लो समयमा पोर्चुगलमा संक्रमित र मृतकको संख्या आकाशिएको विज्ञहरुले बताएका छन् ।

कोरोना संक्रमितहरुले समेत कानुनको पालना नगरेकाले संक्रमणदर अपत्यारिलो दरले बढेको छ। सरकारले कोरोना संक्रमित र उनीहरुको सम्पर्कमा भएकाहरुलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ।

कोरोना संक्रमित भएर पनि अनिवार्य क्वारेन्टिन उल्लङ्घन गर्दै खुलमखुल्ला सार्वजनिक स्थानमा हिडडुल गर्ने एक दम्पतीलाई जीएनआर प्रहरीले आज ब्रागान्सामा पक्राउ गरेको छ। जीएनआर प्रहरी उनीहरु घरमा क्वारेन्टिनमा रहेको वा नरहेको चेकजाँच गर्नजाँदा घरमा नभेटेपछि उनीहरुको खोजी गरेको थियो। प्रहरीले उनीहरुलाई निर्धक्क सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरि हिरासतमा राखेको छ।

६० र ५९ बर्षीय ति दम्पतिको ब्यकतिगत बिवरण प्रहरीले सार्वजनिक गरेको छैन। संकटकाल कानुन उल्लङ्घन गरेको अभियोगमा प्रहरीले उनीहरुलाई सोमबार अदालतमा उपस्थित गराउने भएको छ ।

स्वास्थ्य महानिर्देशनालयको आजको तथ्यांक अनुसार पोर्चुगलमा हाल १ लाख ५७ हजार ६६० जना सक्रिय बिरामी छन्। सक्रिय बिरामीहरुमध्ये ५ हजार ७७९ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।

चिन्ताजनक अवस्थामा रहेका ७१५ जनाको आइसीयुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार