लिस्वन ।
कोरोना कहरका बीच आज जनवरी २४ मा पोर्चुगलमा राष्ट्रपतिको निर्बाचन भइरहेको छ। उक्त निर्वाचनमा राष्ट्रपति पदको लागि २ जना महिला उम्मेदवार सहित जामा ७ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन। बहालवाला राष्ट्रपति मर्सेलो रेबेलो दी सौसा समेत दोश्रो कार्यकालका लागि निर्वाचन मैदानमा छन् ।
नेपाली मुलका पोर्तुगाली नागरिक बिनोद भण्डारी ( बल्कोटे बिने) ले आफ्नो अनुभव यसरि सुनाए, ” एक जिम्मेवार नागरिकको हैसियतले आज पहिलो पटक पोर्चुगलका राष्ट्रपतिको निर्वाचन २०२१ मा भाग लिए। गौरवका साथ शान्त वातावरणमा भोट दिदै गर्दा मेरो जन्मस्थल नेपालको राजनीतिक अराजकता र त्यहाँका नेता तथा अस्तव्यस्त सरकारको सम्झना आयो। ”
राष्ट्रपति पदको उम्मेदवारहरुमा मर्सेलो रेबेलो दी सौसा, मरिसा मतिअस , तिअगो मयन गोंकाल्वेस, आन्द्रे वेन्तुरा , वितोरिनो सिल्वा , जॉओ फेर्रेइरा र आना गोमेस रहेका छन्।
मतसर्वेक्षण र लोकप्रियताका आधारमा पोर्चुगलका स्थानीय संचारमाध्यमहरुले मार्सेलो नै दोश्रो कार्यकालका लागि भारी मतले निर्वाचित हुने आकलन गरेका छन्।
नेपालीहरुले पनि गरे मतदान :
पोर्चुगलको राष्ट्रपति निर्वाचनमा नेपालीहरुले पनि मतदान गरेका छन्। पोर्चुगललाई कर्मथलो बनाउदै यहाँको सरकारले दिएको सुबिधाको आधारमा पोर्तुगाली नागरिक बनेका नेपालीहरुले उक्त निर्वाचनमा मतदान गरेका हुन्।
पोर्चुगलको राष्ट्रपति निर्वाचनमा मतदान गरेका नेपाली मुलका पोर्तुगाली नागरिक बिनोद भण्डारीले आफ्नो अनुभव यसरि सुनाए, ” एक जिम्मेवार नागरिकको हैसियतले आज पहिलो पटक पोर्चुगलका राष्ट्रपतिको निर्वाचन २०२१ मा भाग लिए। गौरवका साथ शान्त वातावरणमा भोट दिदै गर्दा मेरो जन्मस्थल नेपालको राजनीतिक अराजकता र त्यहाँका नेता तथा अस्तव्यस्त सरकारको सम्झना आयो। “