लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमितको संख्या आकाशिएसंगै अधिकांस अस्पतालहरु कोरोनाका बिरामीले भरिएका छन्।
अलमदाको गार्सिया दे ओर्ता अस्पतालमा बेड क्षमताको ३५० प्रतिशत बढी कोरोनका बिरामीले भरिएको छ।
गार्सिया अस्पतालमा हाल कोरोनाका २०४ जना बिरामीको उपचार भईरहेको छ। उनीहरुमध्ये चिन्ताजनक अवस्था भएका १९ जनाको आइसियुमा उपचार भईरहेको छ।
अस्पताल श्रोतका अनुसार बिरामीको संख्या अझै बढिरहेको र अस्पताल बिरामीको चाप थेग्नै नसक्ने अवस्थामा पुगेको छ । कोरोना संक्रमित बिरामीको चाप बढेपछि सामान्य वार्डलाई कोरोना वार्ड बनाई नियमित सेवा अवरुद्द भएको छ। कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा ठाउँ नपुगेपछि ‘होम हस्पिटल’ ( घर नै अस्पताल ) बनाउनुपरेको अस्पताल श्रोतले जनाएकोछ।
गार्सिया अस्पतालले सामान्य बिरामीको जाँचसेवा बन्द गरेको छ। अस्पतालले सेतुबाल क्षेत्रमा बिरामीहुनेहरुले अस्पताल नआई आ-आफ्नो पारिवारिक चिकित्सकसंग परामर्श गर्न अनुरोध गरेको छ।