लिस्बन।
पोर्चुगलमा कोरोना भाइरस संक्रमणका कारण प्रत्येक ५ मिनेटमा एक व्यक्तिको मृत्य तथ्याक बाहिरिएको छ।
मंगलबार मात्रै एकै दिन २९१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। कोरोनाका कारण एकै दिन ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै उच्च हो।
मृतकहरुको यो तथ्याकसंगै पोर्चुगल जनसंख्याको आधारमा विश्वमै सबैभन्दा बढी मृत्युदर भएको देशको एक नम्बरमा परेको छ।
पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता ११ हजार १२ जनाले ज्यान गुमाईसकेका छन्।
हालसम्म ६ लाख ५३ हजार ८७८ जना संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयको तथ्यांक छ।
संक्रमितहरुमध्ये ६ हजार ४७२ जना अस्पताल भर्ना भएका छन् , जसमध्ये सिकिस्त रहेका ७६५ जनाको आइसियुमा उपचार भईरहेको छ।