लिस्बन।
अस्पतालमा बेड खाली नहुदा कोरोनाका बिरामी बोकेका २३ एम्बुलेन्स १२ घण्टादेखि खाना र पानी बिना पोर्चुगलकै सबैभन्दा ठुलो सान्ता मारिया अस्पताल गेटमै कुरेर बसेका छन्।
स्थानीय टेलिभिजनमा यो सम्बन्धी समाचार प्रशारण भएपछि नागरिक स्वयम् सेवकहरुले एम्बुलेन्स चालक, फायर फाइटर र बिरामीका लागि खाना, पानी र जुस ल्याईदिएर सहयोग गरेका छन्। पोर्चुगलको अवस्था दिनदिनै दयनीय हुदै गएको छ।
पोर्चुगलमा कोरोना भाइरस कारण आजमात्रै ३०३ जनाको ज्यान गएको छ। सोही समयमा १६ हजार ४३२ जना संक्रमित थपिएका छन्। कोरोनाका कारण एकै दिन ज्यान गुमाउनेहरुको यो संख्या अहिलेसम्मकै अत्याधिक हो।
देशका विभिन्न अस्पतालहरुमा ६ हजार ५६५ जनाको उपचार भईरहेको छ , जसमध्ये सिकिस्त भएका ७८२ जनालाई आइसीयुमा राखिएको छ।
#InUpdate
सबै सुरक्षित रहनुहोला, सकेसम्म घरमै बस्नुहोला।