पोर्चुगलमा कोरोना : स्थिति नियन्त्रण बाहिर भएपछि सहयोग गर्न जर्मनीको सैन्य स्वास्थ्य विज्ञ टोली पोर्चुगल आइपुग्यो !

लिस्बन।

पोर्चुगलका अस्पतालहरुमा कोरोनाका बिरामीको चापले स्थिति नियन्त्रण बाहिर भएपछि जर्मनीले आफ्नो सैन्य स्वास्थ्य बिज्ञ टोली पोर्चुगल आइपुगेको छ। अस्पतालहरुमा बेड र चिकित्सकहरुको अभाव भएपछि जर्मनीले चिकित्सकको टोली सहयोगको लागि पोर्चुगल पठाएको हो।

जर्मनीबाट पोर्चुगल आएको सैन्य स्वस्थ्य बिज्ञ टोलीले कसरि सहयोग गर्ने भन्ने बारेमा अनुसन्धान गर्नेछ र जर्मनी सरकारले त्यही अनुरुप सहयोग गर्ने जनाएको छ।

लिस्वनस्थित सान्ता माारिया अस्पतालको आापत्तकालिन क्षेत्रमा बिरामी बोकेका एम्बुलेन्सहरु सेवा अभावमा घण्टौंदेखि लाइन लागेर बस्दै आएका छन् । आज बिहान बिरामी बोकेका २३ एम्बुलेन्स १२ -१२ घन्टासम्म कुर्न बाध्य थिए भने अहिले रातिसम्म त्यो संख्या ३९ पुगेको छ।

अस्पतालमा कम शैंया, धेरै बिरामी र सीमित चिकित्सक भएकोले पनि समस्या आएको अस्पतालहरुले बताउँदै आएका छन् । जर्मनीले उपचारमा थप सहजता मिलोस् भन्दै सैन्य चिकित्सक पोर्चुगल पठाएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार